BREAKING: थप १ शव भेटियो, अझै ३ बाँकी

पाेखरा | माघ २, २०७९

BREAKING:  थप १ शव भेटियो, अझै ३ बाँकी


पोखराः आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स दुर्घटनामा परेपछि आज थप एकजनाको शव भेटिएको छ । 

 

७२ जना सवार जहाजमा हिजो साँझसम्म ६८ जनाको शव प्राप्त भएको थियो । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् ।

 

शव महिलाकाे भएकाे स्थलगत रिपोर्टिङमा रहेका सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगरले जनाएका छन् । 

 

अब ३ यात्रुको शव भेटाउने बाँकी छ भने नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् । 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्